अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश घरमा पानी पसेको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण नगरभित्रका अधिकांश घर तथा सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।
यसैबीच भारी वर्षाका कारण नगरक्षेत्रका अधिकांश बस्ती जलमग्न हुँदा नगर उपप्रमुख किशोरी साहको घर पनि डुबानमा परेको छ ।
वडा नम्बर–१० स्थित उपप्रमुख साहको घर र बेड रूममा समेत पानी पसेको छ ।
घर पुरानो भएकोले आसपासका नालाको पानी घरमा पस्ने गरेको उपप्रमुख साहले बताए । हरेक वर्ष यसैगरी आफ्नो घर डुबानमा पर्ने गरेको र यसअघि लालकिशोर साह मेयर हुँदा समस्या लिएर गए पनि कुनै सुनुवाइ नगरिएको उनले गुनासो गरे ।
निरन्तरको वर्षाका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत जलमग्न भएको छ । कार्यालयको मुख्यद्वारसहित प्राङ्गणमा करिव १ फिटसम्म पानी जमेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।