छात्रालाई निःशुल्क प्याड दिन पोखरा महानगरले छुट्यायो डेढ करोड बजेट

पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।

यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।

नगरभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ । 

बालविकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बालविकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ । शिक्षिकाहरू प्रसूति विदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १२:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया