एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : दीनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन् । उनले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए । 

सदस्य शर्माले ३/४ महिनामा पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए । उनले यस किसिमका पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्न आवश्यक रहेको बताए । 

सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनताले समेत स्वीकार नगरेको भए पनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेरसम्बन्धी कुनै छलफल नभएको बताए ।

उनले भने, ‘छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन । जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३/६ महिनामा पालो पुर्‍याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नुहुँदैन । यसलाई निरुत्साहित गर्नुपर्छ ।’

केन्द्रीय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरू लागिपरेको स्पष्ट पारे ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १४:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया