शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिन पनि निरन्तरता पाएको छ ।
मंगलबार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोवार रकमसमेत गिरावट आएको छ । सोमबार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ । जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी सबै कम्पनीका सेयरधनीले शेयर मूल्य गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एसियन लाइफ इन्स्योरेन्सले गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।