‘प्रसाद २’ फिल्म छायांकन १६ असारदेखि हुँदै छ । प्रसादको प्रिक्वेलका रूपमा प्रसाद- २ लाई निर्माण गर्न लागिएको बताइएको छ ।
यो फिल्मको कास्टलाई लिएर चर्चा भइरहेको छ । प्रसाद-२ बाट निश्चल बस्नेत बाहिरिएका छन् । यसैबीच अभिनेता राज कटुवाललाई निर्माण पक्षले अनुबन्धित गरेको छ ।
फिल्मको प्रमुख मध्येको एक भूमिकामा आफूले अभिनय गर्ने राजले बताएका छन् । राजले ‘लीला’ र ‘लालटिन’ फिल्ममा अभिनय गरिसकेका छन् ।
फिल्ममा नम्रता, विपिन र निश्चलको स्थानमा अर्पण थापा यसअघि नै फाइनल भइसकेका छन् । यसअघि ‘प्रसाद’मा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ शीर्ष भूमिकामा थिए ।
फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्नेछन्, पटकथा लेखक सुशील पौडेल हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।