गठबन्धनलाई कायम गरेर निर्वाचनमा जाने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ। 

सोमबार र मंगलबार दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा बसेको केन्द्रीय परिषद बैठकले गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेको हो।  

‘चुनावी गठबन्धनबारे कुनै द्विविधा छैन, हामी यही गठबन्धनलाई अघि बढाउँछौँ’, पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘विगतका कमजोरी सच्याउँदै अघि बढ्छौँ। हामी यतिबेला चुनावको पक्षमा छौँ । चुनावका लागि सम्पूर्ण शक्तिसहित अघि बढ्छौँ ।’





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार २१:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया