लोकराज भट्टको ‘छाइल’ पद्मश्री पुरस्कारको उत्कृष्ट १५ भित्र अटाउन सफल

युवा कवि लोकराज भट्टको उपन्यास ‘छाइल’ पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ भित्र अटाउन सफल भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट छनोट गर्दा भट्टको ‘छाइल’ उत्कृष्ट १५ भित्र अटाउन सफल भएको हो ।  

‘छाइल’ मा सुदूरपश्चिमको जीवनशैली कलात्मक भाषामा लेखिएको छ । ​डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ छाया हुन्छ । उपन्यासमा  सुदूरपश्चिमको डोट्याली सभ्यताका छाया र प्रतिछायालाई सरल तरिकाले केलाइएको छ ।  

दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

भट्टको ‘छाइल’सँग बसन्त बस्नेतको महाभारा, डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्काे भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि, राजवको काफ्काको काम सकियो, कविता राईको गुरु, दिलीप बान्तवाको ताल्चा, बल्लरी अलका आत्रयेको निनाद, राजेन्द्रमान डैगोलको पैतालामा हिउँ, आँखामा हिमाल, उषा हमालको भिक्षूसँग प्रेम, डा. विप्लव ढकालको भोजपुरको बाङ्मय, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको संग्राहलय र  गिरीश गिरीको सत्यमोहन पनि पुरस्कारको उत्कृष्ट १५ भित्र परेका छन् । 
 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ७:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया