आगो लगाएर श्रीमतीको हत्या गर्न खोज्ने एक जना पक्राउ

दाङको तुलसीपुरका पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–९ बेलुवानिवासी उज्जवल श्रेष्ठले पेट्रोल छर्केर घरमा आगो लगाउँदा उनकी श्रीमती २८ वर्षीया माया श्रेष्ठ घाइते भएकी हुन् । 

घाइते श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठकी श्रीमतीले आफूलाई पेट्रोल छर्केर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभीलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

उज्जवलले श्रीमतीसँग पटकपटक विवाद हुने गरेको र तनावमा भएको बेला घरमा आगो लगाएको प्रहरीसमक्ष श्रेष्ठले बयान दिएका छन् । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ७:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया