तिलले कोलेस्ट्रोल नियन्त्रणका साथै हड्डी दह्रो बनाउँछ

एजेन्सी– मकर संक्रान्ति अर्थात् माघी पर्वमा तिलबाट बनेका परिकार खाने परम्परा वर्षौंदेखि चल्दै आएको छ । तर, तिल खानुमा धार्मिक कारण मात्र नभई तिलबाट अनेकौँ फाइदा पनि हुने गरेको छ । तिलमा सेसमिन नामक एन्टिअकक्सिडेन्ट पाइन्छ, जो धेरै रोगका लागि फाइदाजनक हुन्छ । तिलले शरीरलाई तन्दुरुस्त राख्नुका साथै कैयौं समस्या पनि भगाउन सहयोग गर्छ । 

हाइपरटेन्सनलाई भगाउँछ

तिलको तेल उच्च रक्तचाप नियन्त्रणका लागि धेरै फाइदाजनक छ । यसले कार्डियोवस्कुलर सिस्टममा तनाव कम हुन्छ र मुटुको समस्या नियन्त्रणका लागि सहयोग गर्छ । तिलमा यस्तो खनिज पाइन्छ जो सेवनले शरीरमा आवश्यक पर्ने २५ प्रतिशत म्याग्नेसियम प्राप्त हुन्छ । 

कोलेस्ट्रोल नियन्त्रण 

कालो तिल कोलेस्ट्रोलको स्तर नियन्त्रणका लागि उपयोगी हुन्छ । यसमा सेसामिन र सेसामोलिन नामको दुई पदार्थ हुन्छ, जसको प्रभावबाट कोलेस्ट्रोल कम हुन्छ । 

पाचन प्रक्रियामा सहयोग



तिलमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसले कब्जियतजस्ता समस्या कम गर्नुका साथै पखाला नियन्त्रण पनि गर्छ । यसैगरी, तिलमा तामाको मात्रा पर्याप्त हुन्छ । यसले हड्डी, जोर्नी तथा मांसपेसीलाई पनि कसिलो राख्छ । 
  
 



  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ११:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया