कर्णाली प्रदेश सरकारले आज बुधबार धान दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको गत चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको हो । सरकारले जुम्लामा भने सार्वजनिक बिदा दिएको छैन । कर्णालीका अन्य नौ जिल्लामा भने आज सार्वजनिक बिदा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।