अफगानिस्तान भूकम्प : मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिर

अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घर पालुवा जनावरलाई पनि ठूलो असर गरेको छ । 

भत्किएको घरको बीचमा उभिएको एउटा कुकुरको तस्बिर एक प्रयोगकर्ताले  ट्वीटरमा पोस्ट गरेपछि सहानुभूतिको वर्षा भइरहेको छ । समिरा एसआरद्वारा पोस्ट गरिएको यस तस्बिरले विनाशकारी भूकम्प पछिको दृश्य देखाउँछ ।

‘यो कुकुरको घरमा भएका प्रत्येक व्यक्तिले भुकम्पमा ज्यान गुमाएका थिए। उसलाई खुवाउन र पाल्नका लागि छिमेकीहरूले आफूसँगै लिएर गएका थिए । तर, ऊ बारम्बार भत्किएको घरमा फर्केर रुन थाल्छ’, तस्बीरको क्याप्सनमा लेखिएको छ । पोष्टका अनुसार यो तस्बिर पक्तिकाको गायनस्थित ओचकी गाउँमा खिचिएको हो ।

आफ्नो सालिकहरूको लागि खोजी गरिरहेको कुकुरको हृदय विदारक कथाले ट्विटर प्रयोगकर्ताहरूले आँसु चुहाएका छन् । तिनीहरू मध्ये धेरैले कुकुरलाई पाल्ने प्रस्ताव पनि गरेका छन् ।  एक प्रयोगकर्ताले भने, ‘हामी मानिस कुकुरको योग्य छैनौं ।’

‘आशा छ उसले पहिले जस्तै माया गर्ने र हेरचाह गर्ने मालिक भेट्टाउनेछ ।  अफगानिस्तानमा जे भयो त्यसबाट निराश छु ।  प्रभुले सबैलाई बल दिनुहुन्छ’, अर्का प्रयोगकर्ताले लेखेका छन् ।

बुधबार आएको ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्पका कारण  त्यहाँ सयौँ मानिसको मृत्यु हुनुका साथै दर्जनौं घर भत्किएका थिए । भूकम्पको धक्का भारत र पाकिस्तानसम्म महशुस भएको थियो । स्थानीय समयअनुसार बिहान साढे १ बजे खोस्ट सहरबाट ४४ किलोमिटर टाढा उक्त भूकम्प गएको थियो । 



 



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ८:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया