सांसदको प्रश्नमा मन्त्रीहरुले चित्तबुझ्दो जवाफ दिएनन् : रामेश्वर फुयाँल

बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बजेटका विषयमा सांसदको प्रश्नमा मन्त्रीहरुले चित्तबुझ्दो जवाफ नदिएको बताएका छन् । बुधबार बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ल्याएको बजेटका विषयमा छलफल गर्नका लागि सञ्चालन भइरहेको बैठकमा उनले त्यस्तो बताएका हुन् । 

काठमाडौंको राजनेता उद्यान, जर्सिङ पौवा लोकतान्त्रिक शहीद उद्यान र जम्मुघाङ जोरपाटी देशेगाउँ नेवा खुल्ला सङ्ग्राहलयका लागि प्रदेश सरकारले छुट्याएको बजेट चित्त बुझ्दो नभएको फुयाँलले बताएका हुन् । 

पूर्व मन्त्री फुयाँलले जनताले यो योजना पूरा हुन्छ कि हुँदैन भनेर सोधिरहेको उनले बताए । यसको चित्त बुझ्ने जवाफ भौतिक तथा पूर्वाधार मन्त्रीले नदिएको भन्दै फुयाँलले प्रदेश सभा बैठकमा आफनो भनाई राखेका हुन् । हाल बागमती प्रदेश सभा सञ्चालन भइरहेको छ । बजेटमाथि सांसदहरुले आफ्ना धारणा राखिरहेका छन् भने सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिइरहेका छन् । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १२:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया