प्रचण्डलाई घनश्यामको जवाफ : एमाले-माओवादी-समाजवादीको बिउ चल्दैन, अब हाइब्रिड बिउ चाहिन्छ
फाइल तस्वीर

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भनाइप्रति आपत्ति जनाएका छन् ।

एमालेमा माओवादीको बिउ छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाउँदै नेता भुसालले एमाले, माओवादी र समाजवादीको बिउ अब नउम्रिने बताएका हुन् । 

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमालेमा तीन वर्षसम्म बिउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका थिए ।

वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता भुसालले अब हाइब्रिड बिउ चाहिएको बताए । उनले प्रचण्डले आजको आवश्कयतालाई अझै राम्रोसँग बुझ्न नसकेको बताए । उनले रैथाने बिउहरूलाई हाइब्रिड बनाउनेपर्ने आवश्यकता रहेको बताए ।

‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बिउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बिउ, माओवादीको बिउ, समाजवादीको बिउ चल्दैन, अब हाइब्रिड बिउ चाहिन्छ' उनले भने ।

उनले एमाले र माओवादीलाई एकै ठाउँमा ल्याएर हाइब्रिडका रूपमा नेकपा बनाएको तर वुद्धि पुगेन भकारीमा आगोको उनको भनाइ छ ।



'अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौँ' उनले भने, 'बिउहरू सुरक्षित छन् । हामी यी बिउलाई फेरि हाइब्रिड बनाउनु पर्छ । त्‍यहाँ नेकपा माओवादी, नेकपा एमाले, समाजवादी कुनै पनि चिज रहेन छैनन्, त्यहाँ नेकपा रहने छ । एकीकृत कम्युनिस्ट पार्टी रहने छ । फेरि पनि हामी नेकपाको हाइब्रिड बिउ बनाउँछौँ ।’



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १३:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया