सुरक्षा पन्तको 'बुलाकी' १८ कात्तिकमा
फरकधार / १५ असार, २०७९
यो सामग्री सेयर गर्नुहोस्

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्म ‘बुलाकी’ आगामी १८ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । धान दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो ।



टोपेन्द्र विष्टको निर्माण र लक्ष्मण सुनारको रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।



छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ । 









  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १६:३९:१६,   अन्तिम अपडेट : असार १५, २०७९ बुधबार १६:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया