काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई आठ प्रतिशतबराबरको सेयर लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३–७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँबराबरको आठ प्रतिशतले हुन आउने चार करोड ७५ लाख २० हजार रुपैयाँबराबरको सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने २५ लाख एक हजार ५३ नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बिमा समिति र आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।