अमेरिकी सटडाउनको प्रभाव नेपालमा पनि

काठमाडौं– अमेरिकामा २२ डिसेम्बरदेखि सुरु भएको आंशिक हड्तालको प्रभाव नेपालमा पनि परेको छ । अमेरिकामा सटडाउन भएपछि नेपालस्थित राजदूतावासले पनि आफ्ना कामकारबाही आशिंक रुपमा सटडाउन गरेको छ । 

दूतावासकोे वेभसाइट पनि अपडेट गरिएको छैन् । २२ डिसेम्बरपछि सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकमा पनि अपडेट भएका छैनन् । 

फेसबुक पेज २४ डिसेम्बरमा अन्तिम पटक अपडेट गरिएकाे छ । कन्सलर सर्भिस २६ गतेदेखि सुरु हुने सुचना लेखेयता अन्य कुनै पनि सुचना उल्लेख छैन् ।

प्रत्येक चाडपर्वमा शुभकामना सन्देश दिने दूतावासले आज माघीकाे अवसरमा कुनै पनि  किसिमकाे शुभकामना प्रेषित गरेकाे छैन् । 

२२ डिसेम्बरमा दूतावासकाे फेसबुक पेज, ट्वीटर तथा राजदुत र्यान्डी बेरीकाे ट्वीटर पेजमा यी पेजहरु अपडेट नहुने हुनाले अमेरिकी स्टेट डिपार्टमेन्टकाे ट्वीटर पेज फलाे गर्न भनिएकाे छ ।  





 

मेक्सिको–अमेरिकी सीमामा पर्खाल बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका कारण अमेरिकामा केही समयदेखि राजनीतिक संकट देखिएको छ । डेमोक्रेट सांसदहरुले यो पर्खालको विरोध गर्दै आइरहेका छन् । 

पर्खाल बनाउने फन्डको विषयमा सहमती नभएपछि ट्रम्पले ८ लाख कर्मचारीको तलबका लागि बजेट पास गर्न हस्ताक्षर नगर्दा अमेरिका सटडाउनको अवस्थामा पुगेको हो । 

आप्रवासीका कारण अमेरिकामा मानवीय सुरक्षामा स‌ंकट आएकाे भन्दै ट्रम्प पर्खाल बनाउनु बाहेक अन्य विकल्प नभएकाे तर्क गर्छन् ।

डेमोक्रेट सांसदहरु यो पर्खाल बनाउन सहमत नभएसम्म सटडाउनलाई स्वीकार्न आफू तयार भएको ट्रम्पले बताउँदै आएका छन् । बेला बेलामा ट्रम्पले संकटकाल लगाउने चेतावनीसमेत दिँदै आएका छन् । 
 

  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १४:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया