रविको दलले नपाउने भयो घण्टी चिह्न

सञ्चारकर्मबाट राजीनामा दिएर राजनीतिमा आएका रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्न घण्टी नपाउने सम्भावना देखिएको छ । गत असार ७ गते घोषणा गरिएको उनको पार्टीको नाममा पनि विभिन्न टीकाटिप्पणी भइरहँदा घण्टी चिह्न पनि नपाउने देखिएको हो । 

घण्टी चिह्न यसअघि नै राष्ट्रवादी पार्टीको चुनाव चिह्नका रुपमा आयोगमा दर्ता भइसकेको छ ।
२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको केन्द्रीय संयोजकमा सहजाद मियाँ भिकरानी रहेका छन् भने कार्यालय नारायणगोपाल मार्ग काठमाडौंमा रहेको छ ।

कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिह्न अर्को दलले पाउन नसक्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेपछि वा उसले अर्कै चुनाव चिह्न लिएको अवस्थामा मात्र सो चिह्न अर्को पार्टीलाई दिन मिल्छ । 

यसबारेमा आयोगमा छलफल तथा छानबिन भइरहेको छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले छानबिनपछि मात्रै आवश्यक निर्णय हुने बताएका छन् । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १८:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया