logo-img

आगामी तीन दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह
फाइल तस्वीर

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गएका छन् ।

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् ।

उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए । 

‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ' उनले भने । 

उनले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरे ।

'भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहिँ के छ भने सबै निकायहरूलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहिँ सतर्क भइदिनु होला ।’ उनले भने ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया