सरकारले एकैपटक १९ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
पाँच जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ । लामो समयदेखि अतिरिक्त समूहमा राखिएका सहसचिवले पनि यसपटक जिम्मेवारी पाएका छन् ।
सुरेश राउतलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ । दीपक घिमिरेलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा नमराज घिमिरेलाई वन तथा वातावरण मन्त्रालय लगिएको छ । घिमिरे पछिल्लो समय यातायात व्यवस्था विभागको महानिर्देशक थिए ।
खानेपानी मन्त्रालयमा कार्यरत सहसचिव ज्ञानप्रसाद ढकाललाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । उनको ठाउँमा संघीय मन्त्रालयबाट शोभाकान्त पौडेललाई लगिएको छ । पौडेल एक महिना भन्दा लामो समयदेखि मन्त्रालयमा थिए । उनलाई जिम्मेवारी दिइएको थिएन ।
वन मन्त्रालयमा कार्यरत गोपाल अर्याललाई गृह मन्त्रालयमा लगिएको छ । निश्चलराज पाण्डेलाई राष्ट्रिय दलित आयोग र नारायणप्रसाद सापकोटालाई संघीय मामिला मन्त्रालयमा लगिएको छ । रेखा कँडेलललाई सञ्चार मन्त्रालयमा लगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।