गायक विपुल क्षेत्री ग्रामी अवार्डको मतदान सदस्यमा छनोट

नेपालीभाषी गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित ‘ग्रामी अवार्ड’को मतदान सदस्यमा मनोनीत भएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू ग्रामीको मतदान सदस्यमा छनोट भएको जानकारी दिएका हुन् ।

सदस्य नियुक्त भएसँगै क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्ने छन् । उनी ग्रामी अवार्डको मतदान सदस्यमा मनोनीत हुने पहिलो नेपाली गायक हुन् । उनले सामाजिक सञ्जालमा ग्रामीको मतदान सदस्य छनोट हुन पाउँदा एकदमै उत्साहित भएको उल्लेख गरेका छन् । 

'हामी सबै ग्रामी हेरेर हुर्केका हौं। ग्रामीको एक मतदान सदस्य हुन पाउँदा एकदमै उत्साहित छु । २०२२ को नयाँ ग्रामी सदस्य वर्गको भाग बन्न र हाम्रो संगीत समुदायको सेवा गर्न निमन्त्रणा स्वीकार गर्छु,' उनले लेखेका छन् ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार २०:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया