आन्तरिक छलफलका लागि बिहीबार शेखर समूहको बैठक

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा संस्थापन पक्ष र शेखर कोइराला समूहबीचको मतभेद बेलाबेलामा बाहिर आउने गरेको छ । सभापति शेरबहादुर देउवाले बहुमतका बलमा विधान मिच्दै आएको कोइराला पक्षले आरोप लगाउँदै आएको छ । 

सहमति–सहकार्यविपरीत देउवाले भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो ।

पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र आफ्नो समूहको अस्तित्व स्वीकार गर्ने लक्षण सभापति देउवाले नदेखाएपछि पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको बताइएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार २१:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया