बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भनेका छन्, ‘मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो नराम्रो छ ।’
उनले अगाडि थपे, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो ।’ म्याड्रिडमा नेटो नेताहरूको बैठक भइरहेका बेला रुसी सेनाले युक्रेनमा आक्रमणलाई तीव्र बनाएको छ ।
रुसी सेनाले दक्षिणी माइकोलाइभ क्षेत्र र ब्ल्याक सीनजिक क्षेप्यास्त्र हमलाहरू र गोलाबारी गरेको छ । रुसले युक्रेनमाथि हमला सुरु गरेपछिदेखि नै प्रधानमन्त्री जोनसनले युक्रेनको समर्थनमा बोल्दै आएका छन् ।
उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नियमित टेलिफोन गर्नुका साथै हमलापछि मात्रै दुईपटक किभको भ्रमण गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।