भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले पदबाट राजीनामा दिएका हुन् ।
अदालतले गएराति बहुमत परीक्षणका लागि आदेश दिएको थियो ।
त्यसलगत्तै ठाकरेले राजीनामा दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘म शिव सेनाहरूको रगत बगोस् भन्ने चाहन्नँ । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।’
उनी करिब साढे २ वर्ष महाराष्ट्रको मुख्यमन्त्री भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।