भारतले धौलीगंगा जलविद्युतको बाँध खोल्यो, महाकालीको जलस्तर बढ्न सक्ने
तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोले पछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएको हो ।

भारतको तपोवनस्थित धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा बिहीबार बिहान ५ बजे देखि बेलुकी ८ बजेसम्म 'सिल्ट फ्लसिङ' को काम हुने र त्यसका लागि बाँध खोलिने भनेर एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट जिल्ला प्रशासन दार्चुलालाई पत्र आएको हो ।

भारतको उक्त पत्र पछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ९:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया