नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटनाबाट जोगिएका छन् । रामेछापमा गोगनेमा आज बिहान उपसभापति गुरुङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कोरपियो गाडी दुर्घटना हुनबाट जोगिएको हो ।
गाडी सडकको ट्याक छाडेर छेउतर्फ गएको थियो । ढुंगाको ओट लागेर गाडी रोकिएको उपसभापति गुरुङले बताए ।
‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं,’ उनले फेसबुकमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।