नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बत्तीसपुतलीमा बैठक बस्न लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगरेको भन्दै त्यसमाथि दबाव बढाउने विषयमा आजको बैठकमा छलफल गर्न लागिएको कोइराला निकट एक नेताले बताए ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व चयन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले सभापति देउवाको आलोचना गरिरहेको बेला कोइराला पक्षीय नेताहरुको बैठक बस्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।