राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको  हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए ।

एक राजनीतिज्ञले मुस्लिम धर्मगुरु  पैगम्बर मुहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीको बदलामा सो कार्य गरिएको बताइएको थियो । गत महिना भाजपाकी नेतृ नुपुर शर्माले एक टेलिभिजन बहसमा मुहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर मुस्लिम देशले भारतको विरोध गरेका थिए । सत्तारुढ भाजपाले नुपुरलाई पार्टी प्रवक्ताबाट निलम्बित गरेको थियो ।  

सरकारले इन्टरनेट सेवा बन्द गरेको छ र ठूला जमघटमा प्रतिबन्ध लगाएको छ । भिडियोमा आफुलाई चिनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्को भिडियोमा उनीहरूले हत्याप्रति गौरव गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीसमेत दिएका छन् । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ९:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया