काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

काबुल-अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । 

घाइते भएकामा २३ जना बालबालिका छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए । विस्फोटबाट मारिएकाहरूमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । 

घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै सुरक्षित मानिएको ‘ग्रीन जोन’ छेउमै रहेको अफगानिस्तान निर्वाचन आयोगको कार्यालय नजिकै भएको थियो । 

अफगानिस्तानको संसदका लागि गत अक्टोबरमा चुनाव भएपनि काबुलको नतिजा सोमबार मात्र निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । उक्त चुनावमा आठसय भन्दा बढी उम्मेदवार भएपनि २४ जना पुरुष र ९ जना महिला विजयी भएका छन् । अफगानिस्तानको २४९ सदस्यीय संसदका लागि भएको चुनावको परिणाम घोषणामा ढिलाई भइरहेको छ । 

चुनावमा पराजित भएकाहरुले समग्र निर्वाचन प्रक्रियामै धाँधली भएको आरोप लगाएका छन् ।  सोमबार भएको यस बिस्फोटको करिब एक घण्टापछि दानिसले गरेको ट्वीटमा घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको बताएका छन् ।  प्रहरीले यस आक्रमणमा तालिबान र इस्लामिक स्ट्टेसमध्ये एक समूहको संलग्नता रहेको अनुमान गरेको छ । 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १५:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया