विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिए मुरे

बेलायती स्टार एण्डी मुरे विम्बल्डन टेनिस प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएका छन् । पुरुष एकलतर्फको खेलमा अमेरिकी खेलाडी जोन इस्नरसँग ३–१ सेटमा पराजितसँगै उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।

मुरे पहिलोपटक विम्बल्डको दोस्रो चरणबाट बाहिरिएका हुन् । यसअघिका संस्करणमा उनले कम्तीमा पनि तेस्रो चरणसम्मको यात्रा तय गरेका थिए ।

चर्च रोडस्थित सेन्टर कोर्टमा गएराति इस्नरले खेल ६–४,७–६ (७–४),६–७ (३–७) र ६–४ ले आफ्नो पक्षमा पारे । अब उनले तेस्रो चरणमा इटालीका ज्यानिक सिनरको सामना गर्नेछन् । 

सिनर युक्रेनी खेलाडी माइकल यमरलाई ६–४, ६–३, ५–७ र ६–२ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । 
 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १०:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया