दक्षिण अफ्रिकाका एकदिवसीय तथा टी–२० टोलीका कप्तान टेम्बा बावुमाले इंग्ल्याण्डको भ्रमण गुमाउने भएका छन् ।
३२ वर्षीय बावुमालाई भारतसँगको चौथो टी–२० खेलमा वायाँ हातमा चोट लागेको थियो । उनी पूर्ण फिट हुन कम्तीमा पनि आठ हप्ता लाग्ने बताइएको छ ।
बावुमाको अनुपस्थितिमा स्पिनर केशव महाराजले एकदिवसीय तथा ब्याटर डेविड मिलरले टी–२० टोलीको कप्तानी सम्हाल्ने छन् । दक्षिण अफ्रिकाले १९ जुलाईदेखि १२ सेप्टेम्बरसम्म इंग्ल्याण्ड भ्रमण गर्नेछ । दक्षिण अफ्रीकाले घरेलु टोलीविरुद्ध समान तीन खेलको एकदिवसीय, टी–२० र टेस्ट सिरिज खेल्नेछ ।
दक्षिण अफ्रिकी टेस्ट टोलीको कप्तानी डिन एल्गरले गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।