धनगढीको विद्युत् वितरण केन्द्र पर्‍यो डुबानमा

कैलालीको धनगढी विद्युत वितरण केन्द्र डुबानमा परेको छ । पानीको निकास नभएपछि विद्युत वितरण केन्द्रलगायत दर्जन भन्दा बढी घरमा पानी पसेको छ । धनगढी लगायत सुदूरपश्चिममा २ दिनदेखि पानी परिरहेको छ । पानीको निकासका लागि स्थानीयहरुले प्रयास गर्दा पनि सफल हुन सकेको छैन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ मा  हरेक वर्ष डुबान समस्या हुँदै आएको थियो । यस वर्ष डुबान समस्या अझ विकराल बन्ने देखिएको छ । बुधबार राति लगातार रुपमा आएको पानी बिहिबार विहान रोकिए पनि पानी घट्न भने सकेको छैन् । स्थानीय कलेन्द्र ऐरका अनुसार यस अघिका वर्ष वडा नम्बर ३ को पानी २ मा निकास हुँदा केही सहज थियो । ‘पोर सालसम्म वडा नम्बर ३ को पानी २ मा निकास थियो,’ ऐरले भने  ‘यस पाली त्यो पनि रोकिएको छ । त्यसले गर्दा डुबान समस्या झनै विकराल बन्ने देखिन्छ ।’ 

डुबानका कारण विद्युत सेवा समेत पटक–पटक अवरुद्ध हुने गरेको छ । पानी बढ्दै गएकोले सप्लाई दिन समस्या हुने गरेको प्राधिकरणका प्रमुख सुर्य नारायण मण्डलले बताए । डुबानका कारण विद्युत कार्यालयमा पुग्ने सेवाग्राहीलाई समेत समस्या भएको छ ।

उचित पानी निकास नहुँदा वर्षेनि उक्त क्षेत्र डुबानमा पर्दै आइरहेको छ ।  उचित ढल निकास नहुनु, खोलानाला अतिक्रमण लगायतका कारण वर्षेनि डुबानको समस्या झेल्दै आइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए ।  

सामान्य पानीमा पनि धनगढी डुब्नु को कारण खोलानाला अतिक्रमण नै रहेको धेरैको तर्क छ । पछिल्लो समय उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउने कार्य गरिरहेको छ । त्यसले पनि कुनै डुबान समस्या कम गर्न सकेको छैन् । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १२:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया