सनकको भरमा संसद् भंग गर्दा गैरदलीय प्रवृत्ति विकास : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । 

६४औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराश छाएको बताए । ‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछा माछा भ्यागुतो भयो । यसकारण जनतामा निराशा छ,’ उनले भने । 

सनकभरमा संसद् भंग गर्दा गैरदलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै खनालले संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए ।
 
‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद् विघटन गरिदिन्छन् । अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ । स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन? संसद् राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ । सनकको भरमा संसद् भंग गर्ने प्रवृत्तिले हो, गैरदलीय प्रवृत्ति अगाडि आएको । यसकारण हामीले संसदलाई जनताको, राष्ट्रियताको बहसकोथलो बनाउन आवश्यक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने ।  
 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १३:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया