बाबुराम भट्टराईले जसपा छोड्न लागेका हुन् ?
फाइल तस्वीर

डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) छाड्ने तयारी थालेका छन् । अध्यक्ष उपेन्द्र यादवसँग भएको वार्तामा सहमतिकै आधारमा बाबुराम पार्टीबाट छुटिन लागेका हुन् ।

पार्टीको संघीय परिषद् अध्यक्ष बाबुरामलाई साथ दिएका निर्णायक नेताहरूले साथ छोडेसँग पार्टीमा उनी अल्पमतमा छन् ।

वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादवलगायत नेताले डा. भट्टराईको साथ छोडेका छन् । अध्यक्ष यादवले नयाँ गठन हुने मन्त्रिपरिषद् उनीहरूलाई मन्त्री बनाउने आश्वासन दिएपछि बाबुरामको साथ छाडेका हुन् ।

योसँगै बाबुराम पक्ष कार्यकारिणी समितिमा अल्पमतमा परेको छ । ३३ जना कार्यकारिणी सदस्य छन् । मोहम्मद, प्रदीप र अशोकलगायतका नेताहरूले साथ छोड्नसँगै बाबुरामले बहुमतमा गुमाएका छन् ।

बाबुरामसँग ४० प्रतिशत सांसद पनि नपुग्ने भएको छ । जसपामा १९ सांसद छन् जसमध्ये अधिक सांसद उपेन्द्र पक्षमा खुलेकाले पार्टीमा बहुमत गुमाएसँगै पार्टी छोड्ने तयारी गरेका हुन् ।

पार्टीभित्र अल्पमतमा परेपछि बाबुरामले बुधबार अध्यक्ष यादवलाई भेटेर जसपामा बस्न नसक्ने जानकारी गराएको एक नेताले बताए । यादवसँग भएको वार्तामा सहमतिका आधारमा छुट्टिने समझदारी भएको छ ।



बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने सहमति पनि भएको बताइएको छ । यद्यपि, यादव र बाबुरामबीच निर्णायक छलफल हुने तयारी भइरहेको ती नेताले बताए ।



  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १५:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया