संस्थापन पक्षसँग असन्तुष्टि राख्दै आएको नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक सुरु भएको छ । बिहीबार काठमाडौंको बत्तीसपुतलीमा बैठक सुरु भएको हो ।
बैठक अपराह्न २ बजेका लागि बोलाइएको भए पनि महामन्त्री गगन थापा ढिलो गरी पुगेपछि बैठक ढिलो सुरु भएको हो ।
बैठकमा शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सञ्जय गौतम, सरिता प्रसाई गोविन्द पोखरेल, नेताहरू चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रञ्जित कर्ण भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य जगदीशनरसिंह केसीलगायत नेता सहभागी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।