राष्ट्रपतिसमक्ष चार राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीमक्ष विभिन्न देशका लागि नवनियुक्त चार राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच उनीहरुले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

यसरी शपथ लिनेमा कतारका लागि राजदूत डा. नरेशविक्रम ढकाल,  जनवादी गणतन्त्र चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि राजदूत नियुक्त कान्ता रिजाल छन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १८:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया