उच्चस्तरीय शिक्षा आयोगकाे सिफारिस
शिक्षा ऐन लागू भएदेखि नै सबै निजी स्कुल गैरनाफामूलक

काठमाडौं– उच्चस्तरीय शिक्षा आयोगले संघीय शिक्षा ऐन लागू भएसँगै सबै निजी स्कुल गैरनाफामूलक बनाउन प्रस्ताव गरेको छ । आयोगले ४५ मिनेटका दुरीमा माध्यमिक विद्यालय र एक शिक्षक बराबर ४० विद्यार्थी अनुपात कायम राख्नसमेत भनेको छ ।

मंगलबार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा निजी स्कुलहरुलाई गैरनाफामूलक बनाउने प्रस्ताव छ । आयोगको सिफारिस लागू भए निजी स्कुल सञ्चालकले स्कुलबाट आएको लाभांश स्कुलमै लगानी गर्नुपर्नेछ, अन्यत्र लैजान पाउनेछैनन् ।

आयोगले १० वर्षभित्र सबै स्कुललाई शैक्षिक गुठीअन्तर्गत ल्याउनेसमेत प्रस्ताव गरेको छ । अहिले केही स्कुल सार्वजनिक गुठी, केही निजी गुठीमा छन् भने अधिकांश कम्पनीका रुपमा सञ्चालनमा छन् ।





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १७:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया