उपराष्ट्रपतिको पहलमा प्रचण्ड–बाबुरामबीच तेस्रो भेटवार्ता

अध्यक्ष उपेन्द्र यादवसँग खराब सम्बन्धमा रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । 

उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति निवासमा प्रचण्डसँग भेटघाट गरेका हुन् । 

जसपाभित्र विवादका कारण पार्टी विभाजनको दिशामा अघि बढ्दै गर्दा उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुईपटक छलफल गरिसकेका छन् । 

प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न गरिरहेका छन् । भट्टराई अहिले नै माओवादीसँग पार्टी एकता नगर्ने बरु समाजवादी केन्द्र बनाएर एउटै मोर्चामा रहने कुरामा सकारात्मक छन् । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार २१:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया