भारतको महाराष्ट्रमा एकनाथ शिन्दे मुख्यमन्त्री नियुक्त भएका छन्। यसअघि मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार पदबाट राजीनामा दिए पछि शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् । उनले बिहिबार मुख्यमन्त्रीको सपथ लिएका छन्।
यसअघि सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा महाराष्ट्रमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपा र शिवसेनाले चुनावी तालमेल गरे पनि मुख्यमन्त्रीको विषयमा विवाद भएको थियो । शिवसेनाले कांग्रेस र एनसीपीको समर्थनमा सरकार बनाएको थियो। तर अहिले आफ्नो समर्थनसहित भाजपा सरकारमा गएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।