आफ्नै स्कुल बसले किचेर घाइते भएकी सोनमको पनि मृत्यु

मोरङको रंगेलीस्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको बसले किचेर घाइते भएकी बालिकाको पनि मृत्यु भएको छ । गत १४ असारमा रंगेली–७ स्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किचेर घाइते भएकी रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । 

गत १४ असारमा दिउँसो करिब साढे तीन बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई सोही स्कुलको बसले किचेको थियो । स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका छोरा ५ वर्षिय रिपिक  मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा गम्भिर घाइते भएकी सोनमको तीन दिन पछि न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १०:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया