इंग्ल्याण्डविरुद्धको सिरिजका लागि भारतको टोली घोषणा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले रोहित शर्माको कप्तानीमा इंग्ल्याण्डविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि टोली घोषणा गरेको छ  ।

कोरोना संक्रमणका कारण रोहितले इंग्ल्याण्डविरुद्धको टेस्ट भने गुमाउने भएका छन् । उनको अनुपस्थितिमा टोलीको कप्तानी जसप्रित बुमराहले गर्नेछन् ।

घोषणा भएको एकदिवसीय टोलीमा हार्दिक पाण्ड्याले स्थान बनाएका छन् । उनले आयरल्याण्डविरुद्धको टी–२० सिरिजमा कप्तानी गरेका थिए ।
शिखर धवन र रवीन्द्र जडेजाले पनि एकदिवसीय टोलीमा स्थान बनाउँदा कुलदीप यादव र दीपक चाहर भने चोटका कारण बाहिरिएका छन् ।

भारतीय एकदिवसीय टोली : रोहित शर्मा (कप्तान), शिखर धवन, इशान किशन, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, श्रेयस अय्यर, मोहम्मद सिराज, प्रशिद्ध कृष्णा, जसप्रित बुमराह, अक्षर पटेल, मोहम्मद शामी शार्दुल ठाकुर, युजवेन्द्र चहल र अर्शदीप सिंह ।

टी–२० सिरिजका लागि घोषणा भएको टोलीमा ऋतुराज गायकवाड, सञ्जु स्यामसन, राहुल त्रिपाठी, वैंकटेस अय्यर र अर्शदीप सिंह पहिलो खेलमा मात्र उपलब्ध हुनेछन् । त्यस्तै, विराट कोहली, श्रेयस अय्यर, रवीन्द्र जडेजा, जसप्रित बुमराह र ऋषभ पन्त दोस्रो तथा तेस्रो खेलमा मात्र उपलब्ध हुनेछन् । 

भारतीय टी–२० टोली : रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, दीपक हूडा, दिनेश कार्तिक (विकेटकिपर), अक्षर पटेल, भुवनेश्वर कुमार, रवि विश्नोइ, युजवेन्द्र चहल, अक्षर पटेल, हार्दिक पाण्ड्या, आवेश खान, ऋतुराज गायकवाड, सञ्जु स्यामसन, राहुल त्रिपाठी, विराट कोहली, श्रेयस अय्यर, उमरान मलिक, रवीन्द्र जडेजा, ऋषभ पन्त हर्षल पटेल, जसप्रित बुमराह, अर्शदीप सिंह र वैंकटेस अय्यर ।



भारतले इंग्ल्याण्डविरुद्ध समान तीन खेलको एकदिवसीय र टी–२० सिरिज खेल्ने तालिका छ । टी–२० सिरिज ७ जुलाई तथा एकदिवसीय सिरिज १२ जुलाईबाट सुरु हुनेछ । 



  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ११:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया