राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताएकी छन् ।
शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताएकी हुन् ।
सरकारको १५ औँ पञ्चवर्षीय योजनामा विषय आइसकेको उल्लेख गर्दै उनले हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताइन् ।
'नेपाल सरकारको १५ औँ पञ्चवर्षी योजनामा यो विषय आइसकेको हुँदा यसलाई स्थापना गर्नको लागि कुनै कठिन कानूनी समस्या हुन्छ जस्तो मलाई लाग्दैन’ उनले भनिनन् ।
राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरुको सामना गर्नसक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले कानुन शिक्षालाई समय सापेक्ष, व्यवहारिक, अनुसन्धानमुलक, गुणस्तरीय र प्रतिष्पर्धी बनाउँदै लैजानु आवश्यक रहेको बताइन् । कानुनी शिक्षा नै कानूनी शासन स्थापनको आधार भएको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।