रवि लामिछानेले गठन गरेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार आयोगले उक्त दललाई दर्ता गर्ने निर्णय गरेको हो ।
सञ्चारकर्मलाई छोडेर लामिछानेले ७ असारमा पार्टी खोलेको घोषणा गर्दै आयोगमा औपचारिक रूपमा दर्ताका लागि निवेदन दिएका थिए । लामिछानेले निवेदन दिएको १० दिनमै आयोगले दल दर्ता गरेको छ ।
'राष्ट्रिय स्वतन्त्र पार्टी' आवश्यक कागजात बुझेर दलको मान्यता दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । आयोगले दललाई चुनाव चिह्न गोलाकार भित्रको घण्टी दिएको छ। यो चुनाव चिन्ह अरू पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो ।
'राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भयो आज । औपचारिक रूपमा हामीले सर्टिफिकेट पायौँ । यहाँहरू समक्ष खुसी साट्न पाउँदा अत्यान्त हर्सित छौँ,' रविले भने ' चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएका छौँ ।'
रविले माग गरेको दलको नामका विषयमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरू विरोध जनाएका थिए । उनीहरूले दलको नामबाट स्वतन्त्र शब्द हटाउनुपर्ने माग गर्दै आयोगमा उजुरीसमेत दिएका थिए । यद्यपि, आयोगले रविले राखेकै नाम र चुनाव चिह्न दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।