वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाएको छ । घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा रुपलालकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा रहेका छन् । शुक्रबार राति पहिरो झरेर रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बिहानसम्म बेपत्ता भएकाहरु फेला नपरेको र उनिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीचौकी सिदिनको टोली घटनास्थल पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।