गर्भवती हुँदा के कुरामा ख्याल गर्ने ? यस्तो छ डाक्टर विनय भण्डारीको सुझाव

पहिलो पटक गर्भवती हुँदा उत्सुकता हुनु स्वभाविकै हो । तर, आमा बन्नुअघि धेरै कुरा ख्याल गर्नु पर्ने हुन्छ । पहिलो पटक गर्भवती हुँदा लगभग हरेक महिला अनजान हुन्छन् । हरेक पटक गर्भवती हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नै पर्ने भए पनि पहिलो पटक प्रायः सबै महिलाका लागि चुनौतीपूर्ण हुन्छ। 

फरक धारको द हेल्थ हब मार्फत सुझाव दिँदै स्त्री रोग विशेषज्ञ डा. विनय भण्डारीले पहिलोपटकको गर्भावस्थामा हुने शारीरिक र मानसिक परिवर्तन बारेमा जानकार नहुँदा चुनौती बढी हुने बताए । गर्भधारण गरेको प्रारम्भिक तीन महिना देखिनै सावधानी अपनाउनु पर्ने उनको सुझाव छ ।

नेपालमा धेरैले किशोरावस्थाको अन्तिमसम्ममा पहिलो बच्चा जन्माइसकेका हुन्छन् । तर, डा. भण्डारी भने आमालाई २२ वर्ष उमेर पुगेपछि पहिलो बच्चा जन्माउँदा शारीरिक र मानसिक रूपमा सहज हुने बताउँछन् । 


गर्भवती भएको कसरी थाहा पाउने ?

नियमित महिनावारी भइरहेको महिलाको जब महिनावारी रोकिन्छ त्यसपछि गर्भ रहेको नरहेको जाँच गर्न गर्नुपर्ने हुन्छ । त्यसको लागि हस्पिटलमा रगत परीक्षणबाट र घरमैसमेत किट मार्फत आफै जाँच गर्न सकिन्छ । औषधि पसलबाट ल्याएको किट प्रयोग गरेर पिसाब मार्फत गर्भ रहे नरहेको जाँच गर्न सिकिन्छ । 



उक्त किटमा दुई तीन थोपा पिसाब राखे पछि दश मिनेट जति समयमा त्यसले नतिजा दिन्छ । उक्त किटमा एउटा भए नरहेको र दुइवटा धर्का भए गर्भ रहेको भन्ने बुझ्नु पर्दछ । महिनावारी नियमित नहुनेले पनि संका लागेमा यसरी जाँच गर्दा थाहा पाउन सकिन्छ । यसरी जाँच पछि गर्भ रहेको थाहा पाए पछि परिवारमा सरसल्लाह गरेर डाक्टरबाट थप सल्लाह लिनु राम्रो हुन्छ ।
 
यदि बच्चा जन्माउने योजनामा हुनुहुन्छ भने पनि सुरुमै डाक्टरको सल्लाह लिँदा राम्रो हुन्छ । अहिले मान्छेमा बढेको चेतनाले पनि प्लानीङबारे डाक्टरसँग सल्लाह लिने पनि बढिरहेका छन् । बच्चा जन्माउने योजनामा भए मध्यपान धुम्रपान गर्ने भए छोड्नु नै अति आवश्यक र राम्रो हुन्छ । त्यस्तै छालाको रोग सम्बन्धी औषधि सेवन गरिरहेको भए पनि त्यलाई छोड्नु पर्ने हुन्छ ।

गर्भावस्थामा ध्यान दिनु पर्ने कुराहरू 



पिसाब वा रगत परीक्षणबाट गर्भ रहेको पुष्टि भइसकेपछि चिकित्सकको सल्लाहमा अल्ट्रासाउन्ड गर्नुपर्ने हुन्छ । डा. भण्डारीका अनुसार अल्ट्रासाउन्डबाट भ्रूणको स्थान पत्ता लगाउन सकिन्छ । भ्रूण सही स्थानमा नभए उपचार गर्नुपर्ने हुन्छ ।

गर्भावस्थाको समयमा खानपिनमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । गर्भ अवस्थाको सुरुवाती दिनमा भिटामिन बि भएका खानेकुरा महत्त्वपूर्ण मानिन्छ । राम्रो सँग पाकेका फलफूल खान सकिन्छ । त्यस्तै घरमा बनेका खानेकुरा खानुपर्दछ । त्यस्तै मह दिनमा एक चम्चासम्म खादा त्यसले फाइदा गर्छ । दिनमा बढीमा दुई कपसम्म कफी पिउन मिल्छ । घरमा कुकुर बिरालोबाट टाढा रहनुपर्दछ । 

गर्भ रहेको पहिलो तीन महिना पछि नै भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । परीक्षणमा कुनै समस्या देखिएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । तीन महिनापश्चात् अनिवार्य डाक्टरको सरसल्लाह लगिराख्नु राम्रो हुन्छ । बच्चा जन्मिने समय पुग्न लाग्दा नियमित चिकित्सकको सम्पर्कमा रहनु पर्ने हुन्छ । 

  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १०:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया