बलिउड अभिनेता राजपालविरुद्ध ‘धोकाधडी’को उजुरी

बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।

बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् । उनले आफूले पैसा माग्दा राजपाल वेपत्ता भएको आरोप लगाएका छन् ।

प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानबिन सुरु गरेको छ । प्रहरीले अभिनेताविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन भनेको छ ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १६:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया