गायिका बर्देवाको ‘यो मुटुको धड्कन’ सार्वजनिक

वरिष्ठ गायिका शर्मीला बर्देवाको ‘यो मुटुको धड्कनले’ बोलको नयाँ गीतको भिडियो शनिबार सार्वजनिक गरिएको छ ।

गायिका बर्देवाकै च्यानल शर्मीला बर्देवा अफिसियलमार्फत दर्शकमाझ ल्याएको भिडियाको कन्सेप्ट,कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका छन् । युकेका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्वय सलिना थापा मगर र सरोज केसी फिचर्ड छन् । 

पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड जितिरहेका युके निवासी निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह–अबरोहलाई प्रस्तुत गरेका छन् । एसबी म्युजिक वर्ल्डको प्रस्तुति रहेको गीतको निर्माता सरोज परियार हुन् भने कल्याण सिंहको कम्पोज छ । 

रवि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । गीतको मिक्सिङ प्रदिप जोशीले गरेका हुन् भने दिनेश श्रेष्ठको एरेन्ज छ । नवीन निरौलाको कलर ग्रेडिङ्ग रहेको भिडियोमा सुदेश गौचन र नरबहादुर गुरुङ अथिति भूमिकामा छन् । 

गायिका शर्मीलाले आफ्ना फ्यानहरुका लागि नयाँ कोसेली स्वरुप यो गीत ल्याएको बताएकी छिन् । उनले विगतमा झै आफ्नो यो गीत पनि दर्शकस्रोताले मन पराउने विश्वास व्यक्त गरेकी छिन् । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १६:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया