विमला वली प्रकरण : प्रेमी भनिएका एकराजले पैसा नतिरेका कारण लफडा भएको निष्कर्ष

लुम्बिनी प्रदेशकी एक राज्यमन्त्रीले प्रेमी भनिएका व्यक्तिको घरमा गएर उनका श्रीमती र छोरीमाथि दुव्र्यवहार गर्नुका पछाडि सापटी दिएको पैसा कारक रहेको खुलासा भएको छ । प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले वाइसिएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादबारे छानबिन गर्न गठित सरकारी छानबिन टोलीले यस्तो निष्कर्ष निकालेको हो । 

छानबिन टोलीले शनिबार आफ्नो प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको छ । लुम्बिनी प्रदेश सरकारले आन्तरिक मामिलामन्त्री तिलक राम शर्माको संयोजकतवमा दुइ सदस्यीय छानबिन टोली बनाएको थियो । छानबिन समितिमा महिला तथा बालबालिकामन्त्री रमा घर्ती सदस्य थिइन् । 

उनीहरुले बुझाएको प्रतिवदनमा विमला र एकराज बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको छ । एउटै राजनीतिक दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

राज्यमन्त्रीजस्तो व्यक्तिले रकम असुलीका लागि अन्य विकल्प नखोजी सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु उनको कमजोरी भएको प्रतिवेदनमा उल्लेख छ । 

विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको बताइएको छ । घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दे सरकाले कडा रूपमा सचेत बनाउनु पर्ने राय दिएको छ । 

एकराज पक्षले पनि योजनाबद्ध रूपमा स्थानीय बोलाएको र सञ्चारमाध्यमलाई पहिले नै खबर गरेको देखिएकाले त्यसका लागि थप छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।



तत्कालीन राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित एकराज बस्नेतको घरमा पुगेर लफडा मच्चाएको आरोप लागेको छ। उक्त घटनापछि वलीले राजीनामा गरेकी छिन् भने मुख्यमन्त्री कुलप्रसाद केसीले उनको राजीनामा स्वीकृत गरिसकेका छन् । 



  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १७:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया