बागमतीमा नुहाउने क्रममा दुई भारतीय बेपत्ता

बागमती नदीमा नुहाउने क्रममा शनिबार दुईजना भारतीय नागरिक बेपत्ता भएका छन । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीमा नुहाउँदै गर्दा उनीहरु बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा ३१ वर्षीय मयंक अग्रवाल र अर्का ३१ वर्षीय गोलुकुमार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जनाएको छ । बाग्मती नदी भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथला क्षेत्र भएर बग्ने गरेको छ । 

गाडीमा उक्त स्थानमा आई बागमती खोलामा पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीयले भारत जिल्ला सितामढी कोटबजार बस्ने २७ वर्षीय सुमन साहलाई भने उद्धार गरेका छन् । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २१:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया