लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै, यी विषयमा हुँदैछ छलफल
फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दैछ । आजको बैठकमा शनिबारको बैठकमा प्रस्तुत  एजेण्डामध्ये पार्टी विधानका विषयमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।

उनले भने, ‘पार्टी विधानको बारेमा छलफल जारी छ, आज पनि त्यसमा नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।’

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण, आगामी प्रदेश र संघको निर्वाचनलगायत एजेण्डामा पनि छलफल हुनेछ । 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ७:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया