महन्थलाई ओलीको प्रस्ताव : गठबन्धन गरेर चुनावमा जाऔं

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।

काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरूसँग राय मागेका छन । 

‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाइ उदृद गर्दै एक नेताले भने । 

उनका अनुसार सो विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो सो भने खुलाएका छैनन् ।

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विधान मस्यौदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रीय समितिलाई पूर्णता दिने, संगठन सुदृढीकरणदेखि आगामी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रीय कार्यकारिणी बैठक जारी छ ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ९:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया